खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड अभिनेत्री जुही चावला र आमिर खानले एकसाथ कैयौं हिट फिल्मममा काम गरेका छन् ।
फिल्म ‘कयामत से कयामत तक’, ‘हम हे राही प्यार के’, ‘ईश्क’ लगायतका फिल्ममा आमिर र जुहीको जोडी दर्शकले निकै रुचाए । तर आमिर र जुहीले फिल्म ‘इश्क’ पछि भने एकसाथ कुनै पनि फिल्ममा सँगै काम गरेनन् ।
आमिर र जुही कुनै समयमा एकअर्काका निकै मिल्ने साथी थिए तर पछि यि दुवै करीब ६-७ वर्षसम्म बोलेनन् । जुही चावलाले पछि एक अन्तरवार्तामा आमिरसँग के कारणले वर्षौंसम्म बोलिनन् भन्ने कुराको खुलासा गरेकी थिइन् ।
आमिरलाई प्र्याङ्क गर्ने बानी थियो र उनी उनका साथीभाइलाई यही कुराले धेरै सताउने गर्थे । आमिर र जुही त्यसबेला निकै मिल्ने साथी थिए । त्यसबेला आमिरले जुहीसँग एउटा ठट्टा गरेका थिए जुन कुरा जुहीलाई मन परेन । फिल्म ‘इश्क’को सेटमा आमिरले जुहीलाई आफूलाई हात हेरेर भविष्यवाणी गर्न आउने भन्दै जुहीको हात हेरिदिने बताए ।
तर जुहीले आफ्नो हात आमिरलाई हेरिदिनको लागि दिएपछि आमिरले उनको हातमा थुकिदिएका थिए । आमिरको यस दुर्व्यवहारका कारण जुही निकै रिसाइन् । दुवैले फिल्म ‘इश्क’ को छायांकनका क्रममा एकअर्कासँग बोल्नै बन्द गरेका थिए । तर दुवैले फिल्मको छायांकनको काममा भने असर पर्न दिएनन् ।
आमिर खान स्वयमले अभिनेत्री जुही चावलासँग आफ्नो एक बेवकुफीका कारण झगडा परेको बताएका छन् । फिल्म ‘इश्क’ को सेटमा पनि जुही चावला बसेको ठाउँमा आमिर देखा पर्दैनथे भने आमिर जुहीदेखि धेरै टाढा गएर बस्थे ।
तर फिल्मको छायांकनको बेला भने दुवैले एकसाथ आफ्नो शट दिने गरेको उनले बताए ।
यपपछि वर्षाैंसम्म जुहीसँग बोलचाल बन्द भयो । तर जब आमिर खान उनकी पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गरिरहेका थिए, त्यस बेला जुहीले अचानक आमिरलाई फोन गरिन् ।
आमिरले उनको फोन उठाउने छैनन् भन्ने जुहीलाई थाहा थियो तर पनि उनले फोन गरिन् । आमिरले पनि जुहीको फोन उठाए । जुहीले फोनबाटै पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गर्न लागेको कुरा सही नभएको भन्दै सम्झाउँदै आफूले आमिरलाई भेट्न चाहेको बताइन् ।
त्यसपछि आमिरले जुहीलाई भेटेका थिए । जुहीले आमिरलाई सम्बन्ध विच्छेद नगर्न भन्दै निकै बेर सम्झाइन् । दुवै जना एकअर्कासँग रहनु नै ठिक रहेको र यो दुवैजनाको लागि सही हुने पनि उनले बताइन् ।
आमिरले जुहीले आफुलाई त्यसबेला सम्बन्ध विच्छेद नगर्न भनेर मनाउने निकै कोशिश गरेको कुरा कहिल्यै नबिर्सने पनि बताएका छन् ।
आमिर खानले टेलिफिल्म ‘रुबरु रोशनी’ निर्माण गरेका छन् । यस फिल्ममा पनि जिन्दगीका दुखहरुसँग संघर्ष गर्दा गर्दै पनि आफ्नो परिवारजनलाई गुमाएपछि, गल्ती गर्नेलाई कसरी माफ गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ ।
आमिर खानले मानिस रिसको आवेगमा आएर कसैसँग बोल्नै बन्द गर्नु मुर्खता रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।