काठमाडौं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर शनिबार स्वदेश फर्कनुभएको छ ।
मोदी स्वदेश फर्कनुअघि दुवै देशका प्रधानमन्त्रीले १५ बुँदे संयुक्त वक्तव्य जारी गर्नुभएको छ । संयुक्त वक्तव्यमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको विषयदेखि शुक्रबार र शनिबार भएका वार्ता र वार्ताको निष्कर्ष उल्लेख गरिएको छ ।
वक्तव्यका प्रमुख बुँदाहरु–
वैशाख २८ गते दुवै देशका प्रतिनिधिमण्डलसहित भेटवार्ता, द्विपक्षीय घनिष्ट सम्बन्ध र समझदारीका बारेमा छलफल भयो ।
प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणका क्रममा भएका सबै सन्धि–सम्झौताको कार्यान्वयन, जलमार्ग, कृषि, रेलमार्ग आदिमा जोड दिइएको छ ।
समानता, आपसी हित, सम्मान र फाइदाको नीतिका आधारमा सामाजिक–आर्थिक विकासको साझेदारीका क्षेत्रमा द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारी भएको छ ।
सामाजिक–आर्थिक विकास परियोजना तथा द्वीपक्षीय सम्बन्धको समीक्षाका लागि परराष्ट्र मन्त्रालयमा मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग लगायतका द्वीपक्षीय संयन्त्रको निरन्तर स्थापनामा जोड दिइएको छ ।
भारतसँगको बढदो व्यापार घाटाको मुद्दा समाधानका लागि व्यापार तथा आर्थिक साझेदारीमा जोड दिइएको छ ।
व्यापार, पारवहन तथा सहकार्यका लागि भर्खरै भएको अन्तर सरकार समिति बैठकको स्वागत, भारतीय बजारमा नेपाली उत्पादनको सहज प्रवेशका लागि द्वीपक्षीय व्यापार, पारवहन सन्धी पुनरावलोकनमा जोड दिइएको छ ।
आवागमन र व्यापारका लागि आवश्यक पर्ने हवाई, जल र स्थलमार्गमा दुवै देशको आवद्धता हुने ।
आपसी हितका लागि जलसम्बन्धी नदी, डुबान, बाढी व्यवस्थापन तथा सिंचाइको क्षेत्रमा सहकार्यको आवश्यकता महसुस गरिएको छ ।
९०० मगोवाट क्षमताको अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास भएको छ र यसको उत्पादनले दुइ देशबीचको उर्जा उत्पादन र व्यापारको साझेदारीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
गएको अप्रिल महिनामा गठन भएको उर्जासम्बन्धी संयुक्त सञ्चालन समितिको बैठकको स्वागत गर्दै द्विपक्षीय उर्जा व्यापार सम्झौताका माध्यमबाट उर्जा सम्बन्धि द्विपक्षीय साझेदारी बढाइनेछ ।
धार्मिक र सांस्कृतिक आवद्धताका लागि जनकपुरलाई नेपाल–भारत रामायण सर्किटमा जोड्दै जनकपुर–अयोध्या सीधा बस सेवाको उद्घाटन ।
साकर्, बिमस्टेक, बिबिआईएन लगायतका क्षेत्रीय र उपक्षेत्रीय संगठनको महत्वलाई बढावा दिइनेछ ।
भारतीय प्रधानमन्त्री मोदीको तेस्रो भ्रमणले दुइ देशबीचको प्राचिन सम्बन्धलाई अझ प्रगाढ बनाएकोे निष्कर्ष छ ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो, ओलीद्वारा स्वीकार, मिति तय पछि गरिने ।
अन्तिम अपडेट: मंसिर ६, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।