च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानी गायक राहत फतेह अली खानमाथि करीब तीन वर्षदेखि भारतमा विदेशी मुद्राको तस्करी गरेको आरोप लागेको छ ।
खबरहरुका अनुसार राहतले ३ लाख ४० हजार अमेरिकी डलर अवैध तरिकाले कमाएको र त्यसमध्ये २ लाख २५ हजार अमेरिकी डलरको तस्करीे गरेको आरोप लागेको छ ।
राहत फतेह अली खान यसअघि पनि सन् २०११ मा दिल्ली एयरपोर्टमा गिरफ्तार भइसकेका छन् । त्यस समयमा उनको साथबाट १ लाख २५ हजार अमेरिकी डलर बरामद गरिएको थियो । राहतले त्यो रकम कहाँबाट कसरी आएको भन्ने कुराको आधिकारिक स्रोत खुलाउन सकेका थिएनन् ।
राहत फतेह अली खान पाकिस्तानी नागरिक भए पनि उनी भारतमा चर्चित गायकको रुपमा परिचित छन् ।
उनले फिल्म ‘कलयूग’ मा गाएको गित ‘जिया धडक धडक’ बाट निकै नै चर्चा कमाएका थिए । त्यसपछि उनले थुप्रै सुपरहिट बलिउड फिल्ममा गित गाएका छन् ।
राहतले फिल्म ‘दबंग’ मा ‘तेरे मस्त मस्त दो नैन’ फिल्म ‘सिंग इज किङ्ग’ को ‘तेरी ओर’, ‘माइ नेम इज खान’को ‘सज्दा’, ‘बडीगार्ड’ को ‘तेरी मेरी, ‘सुल्तान’ को ‘जग घुमेया’ र ‘सिम्बा’ को ‘तेरे बिन’ जस्ता सुपरहिट गित गाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।