अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
चलचित्र नगरीमा सुपरस्टार अभिनेता अनमोल केसी र अभिनेता प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिएको छ । धेरै चलचित्र निर्माता तथा निर्देशकहरुले अनमोल केसीका विकल्पका रुपमा प्रदीप खड्कालाई लिने गरेका छन् । यसअघि अनमोलले छाडेका धेरै चलचित्रहरुमा प्रदीप खड्कालाई अफर गरिएको र तिनै चलचित्रले उनलाई स्टार बनाएको छ ।
प्रदीप र अनमोललाई एक अर्काका प्रतिस्पर्धीका रुपमा चित्रण गरिरहँदा अभिनेता प्रदीप खड्काले भने उदाहरणीय कार्य गर्दै अनमोल र आफ्नो सम्बन्ध मिडियामा आएको हल्ला जस्तो नभएको प्रमाणित गरेका छन् । अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर फेसबुकमा शेयर गर्दै अनमोल केसी र आफू दाजु भाइ भएको प्रतिकृया प्रदीपले दिएका छन् । उनले चलचित्र क्याप्टेनलाई शुभकामनासमेत दिएका छन् ।
केही समय अघि प्रदीपले त्यही दिन प्रदर्शनमा आउने भनिएको चलचित्र दि ब्रेकअपको ट्रेलर शेयर गर्दै चलचित्रलाई शुभकामना दिएका थिए । प्रदीपको यो कार्यलाई धेरै चलचित्रकर्मीहरुले अभिनेता अनमोललाई कमजोर बनाउने शैलीका रुपमा व्याख्या गरेका थिए । तर उनले चलचित्र क्याप्टेनको ट्रेलरको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेपछि प्रदीपलाई धेरैले असल हिरोको असल व्यवहारका रुपमा व्याख्या गर्न थालेका छन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।