अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो ।
उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ ।
अभिनेता आर्यन सिग्देल याति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनमा व्यस्त छन् । उनी चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।
आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।