हात-खुट्टा गुमाएका बुद्धिमानलाई सहयोग गर्न मेरी बास्सै टिम बुद्धिमानको घरमा

 माघ २३, २०७५ बुधबार २०:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७०  रुपैयाँ सहयोग गरेको छ । 

नागानो केन जापान परिवारले जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुबाट संकलित रकम बुद्धिमानलाई मंगलबार हस्तान्तरण गरिएको हो । 
संस्थाका संरक्षक पदम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा संकलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् । 

मेरी बास्सैका कलाकार लेखान्त भुषाल ‘घिरौले’ र दिवाकर भण्डारी ‘सापटी काका’को हातबाट बुद्धिमानलाई उक्त रकम प्रदान गरिएको हो । उनको सहयोगका लागि सापटि काका र घिरौलेले नेपाली समाज नागानो केन जापानसँग सहयोगका लागि लबिङ गरेका थिए ।

उक्त सहयोग रकम प्राप्त भएपछि बुद्धिमान र उनकी पत्नी पनि खुशी भएका थिए । उनीहरुले उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अझै सहयोगको आशा राखेको बताएका छन् । 

बुद्धिमानको सहयोगका लागि हालसम्म करिब १५ लाख रुपैयाँ रकम संकलन भइसकेको सहयोग समितिका भुपेन्द्र बस्नेतले बताउनुभयो । 
दुई हात र एउटा खुट्टा हाल्नका लागि १ करोडभन्दा बढी रकम लाग्ने बस्नेतले बताउनुभयो । 

रोजगारीको सिलसिलामा भारत गएका बाँकेका बुद्धिमानको करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थियो । आर्थिक अवस्थाकमजोर भएकाकारण हालउनी सहयोगको अपिल गर्दै काठमाण्डौ आएका छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया