अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
बीजेपी सांसद तथा बलिउड अभिनेता शत्रुघन सिन्हाले बुधबार आफ्नो नाम कहिल्यै पनि #MeToo आन्दोलनमा नआएको बताउँदै भाग्यशाली भएको बताए ।
नेता तथा अभिनेता सिन्हाले हरेक पुरुषको असफलतामा एक महिलाको हात हुने पनि बताए ।
आफूले #MeToo आन्दोलनलाई मजाकका रुपमा नउडाएको बताउँदै सिन्हाले यसलाई केबल ‘हास्य’ का रुपमा मात्रै लिन आग्रह गरे ।
एउटा पुस्तक विमोचन समारोहमा सहभागी हुँदै उनले भने, ‘ आज #MeToo को दिनमा मलाई यो भन्नमा कुनै अप्ठेरो लाग्दैन कि एउटा पुरुषको असफलता महिलाको हात हुन्छ । म आफूलाई निकै भाग्यमानी ठान्छु कि मेरा तमाम हर्कतका बाबजुद पनि मेरो नाम #MeToo आन्दोलनमा आएन ।’
अभिनेता सिन्हाले आफ्ना लागि पत्नी पूनम ‘देवी’ र ‘सबैथोक’ भएको पनि प्रतिक्रिया दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।