आफ्ना म्यानेजरले छाेडेर प्रतिस्पर्धी श्रद्धा कपूरकाे म्यानेजर बनेपछि दिशा पाटनी तनावमा

 माघ २४, २०७५ बिहीबार १४:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री दिशा पाटनीले बलिउड फिल्ममा सशक्त भूमिकामा अभिनय नगरे पनि उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्री हुन् । 

उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ । साथै दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको रुपमा अभिनय गरेकी थिइन् । उक्त फिल्म बक्स अफिसमा सफल भएसँगै यतिबेला दिशालाई बलिउडका  कैयौं फिल्महरुमा काम गर्ने अफरहरु आइरहेका छन् । 

दिशा यतिबेला सलमान खानको फिल्म ‘भारत’ मा पनि काम गरिरहेकी छिन् । फिल्म ‘भारत’ रिलिजपछि दिशाको करियर एउटा छुट्टै उचाइमा पुग्ने चर्चा पनि भइरहेको छ ।

खबरहरुका अनुसार अभिनेता सलमान खानले दिशालाई उनको अर्को फिल्ममा पनि अभिनय गर्ने अवसर दिने बताइएको छ । साथै दिशा र उनका प्रेमी टाइगर श्राफबीचको सम्बन्ध पनि राम्रोसंँग अगाडि बढिरहेको छ । यी दुवै सँगसँगै निकै खुशी छन् । 

अर्थात दिशा पाटनी यतिबेला उनको जीवनको निकै सुखद समयमा छिन् । तर यति हुँदाहुँदै पनि दिशा पाटनीलाई एउटा चिन्ताले सताइरहेको छ । त्यो के हो भने दिशाका म्यानेजरले अहिले उनको साथ छोडिदिएका छन् । 

यतिसम्म त ठिकै थियाे, तर दिशाको समस्या तब सुरु भयो जब ती म्यानेजर दिशाकै प्रतिस्पर्धी अभिनेत्री श्रद्धा कपूरको म्यानेजरको रुपमा नियुक्त भए । 

दिशालाई यहाँसम्म ल्याउनका लागि तिनै म्यानेजरले सघाएका थिए । उनकै कारण दिशालाई राम्रा प्रोजेक्टमा काम गर्ने अवसरहरु आइरहेका थिए तर अहिले ती म्यानेजर श्रद्धा कपूरको म्यानेजर रुपमा नियुक्त भएपछि दिशालाई तनाव भएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया