गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
हिरा लगाउने इच्छा त सबैलाई हुन्छ । एउटी बेलायती महिलाको पनि यस्तै इच्छा थियो । तर उनीसँग हिरा किन्नको लागि भने पर्याप्त पैसा थिएन । हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि उनले बजारमा गएर हिराजस्तै देखिने नक्कली हिराको औंंठी किनिन् ।
३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो ।
ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्, आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् ।
उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुकाे कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे ।
व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन । उनले बताएकी छिन्, ‘व्यापारीको त्यो कुरा सुनेर मलाई चक्कर आउन थाल्यो, आफैलाई नियन्त्रण गर्न सकिनँ ।’
ती व्यापारीले त्यो हिरा २७ क्यारेटको बताएपछि उनले त्यसलाई परीक्षण गर्न हिरा विज्ञहरुलाई पनि भेटिन् । उनीहरुले पनि त्यो एकदमै प्राचीन हिरा भएको र त्यसलाई लिलाम बिक्रि गर्न सल्लाह दिए ।
उनीहरुको सल्लाह अनुसार उनले त्यो औंंठीलाई लिलाम बिक्रीमा राखिन् । अन्त्यमा ९ करोड रुपैयाँमा यसको लिलाम भयो । तर सबै कर काटेर ती महिलाले भने सात करोड रुपैयाँ पाइन् । ३३ वर्षअगाडि नक्कली भनेर किनेको हिराको औंठीले उनलाई करोडपति बनायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jameel Mohammad
Feb. 10, 2019, 6:16 p.m.अचम्म ...के यो सत्य घटना हो र ..यसको सत्य तथ्य के हो ?