बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
कैलाली – भौगोलिक रुपमा विकट रहेको सुदूरपश्चिम प्रदेशमा रेडियो नै सर्वसाधारणका लागि सञ्चारको प्रभावकारी माध्यम बनेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो ।
८ औँ विश्व रेडियो दिवसका अवसरमा बोल्दै उहाँले समय परिवर्तनसँगै नयाँ प्रविधिको आवागमन भए पनि रेडियोको महत्व घट्नुको साटो बढेको बताउनुभयो ।नागरिक स्वतन्त्रताका लागि रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएकोले संघीयता कार्यान्वयन र सफल पार्नमा पनि रेडियोको स्थान पहिलो नम्बरमा रहेको भन्दै पत्रकारहरुले यसको गुणात्मक सुधारमा पनि ध्यान दिनुपर्ने भट्टले सुझाव दिनुभयो ।
८ औँ विश्व रेडियो दिवसको अवसरमा आयोजित ‘संघियता संस्थागतका लागि स्वतन्त्र रेडियोको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारका तर्फबाट रेडियोका लागि गर्नुपर्ने सहयोग सदैव रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले अन्यायमा परेकाहरुको हकहितका लागि बोल्न सञ्चारको महत्वपूर्ण भूमिका हुने भएकाले यस क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन सबैले लाग्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेशको सञ्चार नीति बनाउँदा पत्रकार महासंघका प्रतिनिधि र पत्रकारहरुसँग बसेर सञ्चारकर्मीका समस्याहरु सम्बोधन हुने खालका निति बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विभिन्न रेडियो तथा सञ्चारगृहमा कार्यरत पत्रकार, प्रदेश सभा सदस्य रण बहादुर रावल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।