अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस लगत्तै फिल्म ‘सिम्बा’ मा पनि अभिनय गरिन् । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भएसँगै अभिनेत्री सारा अली खानको बलिउडमा निकै चर्चा भयो ।
साराको अभिनय र कन्फीडेन्सको चौतर्फी प्रशंसा पनि भयो । उनलाई बलिडकै क्षमतावान र पढेलेखेकी अभिनेत्री रहेको चर्चा पनि भयो । र अहिले सार्वजनिक खबरअनुसार अब सारा अली खान एक आत्मनिर्भर रहेको कुरा पनि साबित गरिदिएकी छिन् ।
खबरहरुका अनुसार हालसम्म आमा अमृता सिंहका साथ बस्दै आएकी सारा अली खानले एक्लै बस्ने निर्णय लिएकी छिन् । अमृता सिंह छोरी सारालाई लिएर निकै पाजेटिभ थिइन् । सारा हरेक कुरामा अमृता सिंहको सल्लाह अनुसार नै काम गर्थिन् । तर अब भने साराले आफ्नो लागि छुट्टै फ्ल्याट लिइसकेकी छिन् ।
सारा अली खान गाडीमा सामानहरु राख्दै गरेको तस्विरहरु सामाजिक सञ्जाल तथा मिडिया सार्वजनिक भएका थिए । ती तस्बिर सार्वजनिक भएसँगै मिडियाले सारा उनकी आमाको जुह स्थित घर छोडेर आफ्नो छुट्टै घरमा जान लागेको हुनसक्ने अनुमान लगाइएको थियो ।
त्यसपछि अहिले सारा अली खान आफैले सामाजिक सञ्जालमा एक तस्विर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सामानहरुको साथमा छिन् र क्याप्सनमा उनले ‘एक नयाँ सुरुवात’ लेखेकी छिन् ।
सारा अली खानले मात्रै नभई यस अघि अभिनेत्री आलिया भट्ट, अभिनेता वरुण धवन, रणबिर कपूरले पनि बलिउड प्रवेश गरेसँगै आफ्नो परिवारसँग छुट्टिएर आफ्नै घर लिएर उक्त घरमा शिफ्ट भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।