कार्बन उत्सर्जन कम गरेबापत नेपालका जलविद्युत् कम्पनीले रकम प्राप्...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पार्नुभयो । आइतबार कान्तिपुर मिडिया ग्रुपले काठमाण्डाैमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को उद्घाटन गर्दै उहाँले वैदेशिक लगानीलाई नेपालमा खुला हृदयले स्वागत गर्ने पनि बताउनुभयो । उहाँले सूर्य नेपाल, डाबर नेपाललगायतका कम्पनी सानो लगानी गरेर फैलिएकोतर्फ पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालमा विकास, निर्माणको कामलाई अघि बढाउन सरकारले सुशासनको उपयुक्त वातावरण बनाएको दावी पनि गर्नुभयो । लगानीकर्ताहरुले बाँकी विश्वसँग जोडिन पनि नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।