कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।
बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ ।
अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ ।
राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा रहेको रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो । आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ ।
आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।
आगो लाग्नुको कारण भने खुलेको छैन । आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् ।
यसअघि सन् २०१० मा बंगलादेशको निमतोलीमा आगलागी हुँदा १२३ जनाको ज्यान गएको थियो । त्यसपछि लगातार रासायनिक पदार्थको गोदामा मानव बस्ती वरपर नराख्न सरकारलाई दबाद दिइँदै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।