कार्बन उत्सर्जन कम गरेबापत नेपालका जलविद्युत् कम्पनीले रकम प्राप्...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन क्नेइस्सल बिहीबार काठमाडौं आउनु भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आउनु भएको हो । नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘नेपाल-अष्ट्रिया सहकार्यको ६० वर्ष’ कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।
विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि छन् । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेशमन्त्री करिनको टोलि फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।