गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चल्ने यस बैठकमा कोरियाली प्रायद्विपबाट आणविक हतियार हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ ।
बैठकपूर्व किम र ट्रम्पले भियतनामका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुसँग भेटघाट गर्ने बताइएको छ । त्यसपछि हनोईको पाँचतारे मेट्रोपोल होटलमा किम र ट्रम्पकाे लागि डिनरकाे समय तोकिएको छ ।
ट्रम्पले भियतनामको बारेमा प्रशंसा गर्दै ट्वीट गरेका छन्, ‘सम्पन्न राष्टमध्ये विश्वमा भियतनाम पनि एक हो । र जतिसक्दो चाँडो उत्तर कोरिया आणविक हतियारमुक्त हुनेछ त्यति नै चाँडो यो पनि सम्पन्न हुनेछ ।’
Vietnam is thriving like few places on earth. North Korea would be the same, and very quickly, if it would denuclearize. The potential is AWESOME, a great opportunity, like almost none other in history, for my friend Kim Jong Un. We will know fairly soon - Very Interesting!
— Donald J. Trump (@realDonaldTrump) February 27, 2019
त्यहाँको स्थानीय समयअनुसार साँझ ६ बजेर ४० मिनेटमा ट्रम्प र किमको २० मिनेट अवधिको पहिलो भेट हुने छ । ह्वाइटहाउसका अनुसार त्यसपछि उनीहरुले आफ्ना सहयोगीहरुसँग डिनर गर्नेछन् ।
दुईटै राष्ट्रप्रमुखले श्रेणीवद्ध बैठकमा उपस्थिति जनाउने छन् । तर उनीहरुले उठाउने एजेण्डा कुन विषयमा हुने भन्ने बारेमा सार्वजिनक गरिएकाे छैन । तर उनीहरुले उठाएका प्रमुख विषय र सम्झौतामा भएका हस्ताक्षर बारेमा बिहीबार पत्रकार सम्मेलन हुने बताइएको छ ।
उत्तर कोरियाली मिडियाले किमले ४ हजार किलोमिटर रेलको यात्रा गरेको भन्दै प्रशंसा गरेका छन् । स्टेट पत्रिका रोडोङ सिनमुनले आफ्नो ६ पृष्ठमध्ये ४ पृष्ठमा किमकै गुणगान गाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।