गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
भारत–पाकिस्तान बीचमा बुधबार भएको हवाई आक्रमणकै क्रममा भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान पाकिस्तानको कब्जामा रहेका छन् ।
भारतले आफ्ना कमाण्डरलाई सुरक्षित रुपमा पाकिस्तानले फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतीय पाइलट अभिनवलाई रिहा गर्ने विषयमा भारतसँग कुरा गर्न पाकिस्तान तयार रहेको बताएका छन् ।
New offer:Foreign Minister @SMQureshiPTI responded my question on Geo News and said if India-Pakistan tension can be defused by the return of Wing Commander Abhinandan we are ready to talk on this issue with India
— Hamid Mir (@HamidMirPAK) 28 February 2019
पाकिस्तानी पत्रकार हामिद मीरले ट्वीट गर्दै जियो न्यूजसँगको अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भारतसँग वार्ता गर्न तयार रहेको बताएको जानकारी दिएका छन् ।
भारतले पनि दिल्लीमा रहेका पाकिस्तानी उच्च आयुक्तलाई बोलाएर घटनाको विरोध जनाएको बताएको छ ।
को हुन् अभिनन्दन ?
अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो ।
पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’
त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन् भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् ।
अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।