सुशासन प्रवर्द्धन र आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रतिनिधिसभाब...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण रुपमा काम गरिरहेको बताउनुभएको छ । भृकुटी मण्डपमा नेकपाले आयोजना गरेको संयुक्त श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
नेकपाले एक साताअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जना र नेकपाका अग्रज नेता भरतमोहन अधिकारीको निधनमा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले दिवंगत रवीन्द्र अधिकारीले संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा र नागरिक उड्डयनको क्षेत्रमा असाधारण काम गरेर सबैको प्रिय बन्न सफल हुनुभएको बताउनुभयो ।
सरकारले कामै गरेन भनेर जसरी प्रचार गरिएको थियो त्यसलाई चिर्न मन्त्री बनेको एक वर्षको अवधिमा अधिकारीले असाधारण योगदान दिनुभएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा पनि गर्नुभयो ।
भरतमोहन अधिकारी, रवीन्द्र अधिकारीलगायतको निधनले कम्युनिष्ट आन्दोलनका लागि र देशका लागि ठूलो क्षति भएको भन्दै उहाँहरुको अभाव सधैँ खड्किरहने बताउनुभयो ।
भरतमोहन अधिकारीको निधनले अभिभाव गुमाएको अनुभूति आफूलाई लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान बिर्सनै नसक्ने खालको रहेको बताउनुभयो ।
सधैँ काममा विश्वास गर्ने अधिकारीलाई कसैले भुल्छु भनेर पनि नसकिने बताउनुभयो । यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।
मृतकहरुले गर्न चाहेका, गर्न खोजेका राम्रा कामलाई अगाडि बढाए मात्रै उहाँहरुप्रति गरिने श्रद्धाञ्जलीको सच्चा सम्मान हुने भन्दै पार्टीले उहाँहरुले अघि बढाउनुभएको राम्रा कामलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
शोकलाई उर्जामा बदल्दै राष्ट्र निर्माणको काममा सकारात्म योगदान दिनेगरी पार्टीले काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।