कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास
पुस १३, २०८१ शनिबार
पर्वत – पर्वतको मोदीबेनीस्थित नृसिंह मन्दिरमा संग्रह गरेर राखिएका शालिग्राम चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जंगलमा लुकाइएको अवस्थामा ३८ थान शालिग्रामसहित प्रहरीले तीन जना अभियुक्तलाई कुश्मा बजारबाट पक्राउ गरेको हो ।
कुश्मा नगरपालिका वडा नम्बर-४, छमर्केको जंगलमा लुकाएर राखिएको अवस्थामा शालिग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मन्दिरमा राखिएका शालिग्राम झण्डै दुई सय वर्ष पुराना भएको बताइन्छ ।
शालिग्राम चोरीको अभियोगमा पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय कसम पुन, कुश्मा नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय सुमन गुरुङ र कुश्मा नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन् ।
धादिङ्गको निलकण्ठ नगरपालिका घर भै कुश्मा नगरपालिका वडा नम्बर ५ मा बस्दै आएका २५ वर्षीय अञ्जन बराइली भने फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं. १८९० सालमा बनाइएको नृसिंह मन्दिर स्थापनाकालमा नै शालिग्राम मन्दिरमा राखिएको इतिहास छ । मन्दिरमा एक सय ग्रामदेखि पाँचसय ग्रामसम्मका साना-ठूला शालिग्राम राखिएको थियो । भारतका विभिन्न शहरमा शालिग्रामका शिला महंगो मूल्यमा बिक्री हुने गरेको छ ।
मंहगो मूल्यमा बिक्री हुने लोभले चोरले शिला चोरेको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
प्रहरीको नियन्त्रणमा रहेका आरोपितहरुलाई सोमबार नै जिल्ला सरकारी वकिल कार्यालयमार्फत पर्वत जिल्ला अदालतमा चोरी मुद्धाअन्तर्गत मुद्धा दर्ता गराएको थियो ।
मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४२ अनुसार मन्दिर तथा देवदेवालयमा रहेका सामग्री चोरी गर्नेलाई कम्तीमा २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय र २० हजारभन्दा माथि जरिबाना गर्ने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।