अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७, नागस्वतीमा पालिएका कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछl ४१ हजार कुखुरा नष्ट गरिने भएको छ ।
यस क्षेत्रका विभिन्न कुखुरा फर्ममा पालिएका कुखुरा नष्ट गर्ने निर्णय गरिएको हो । नागस्वतीका किसान कुलप्रसाद चौलागाईको बर्ड फ्लू लागेको खोरको केन्द्रलाई आधार मानेर चारैतिर पूर्वमा हेटौंडा ६ र ७ को सीमाना, पश्चिममा बवदेवी मन्दिर जाने बाटो, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, दक्षिणमा अदाक्ष मन्दिरको उत्तरी सीमाना भित्रमा पर्ने ४१ हजार कुखुरा नष्ट गर्न लागिएको हो ।
शुक्रबार प्रशासनमा भएको सर्वपक्षीय बैठकले यस क्षेत्रमा पर्ने कुखुराहरु नष्ट गर्नका लागि निर्णय गरेकाे मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।
शुक्रबार बसेको बैठकले यस वडामा रहेको ४८ फर्म मध्ये २८ वटा फर्ममा मात्रै कुखुरा बाँकी रहेको र त्यस फर्मको कुखुरा नष्ट गरिने निर्णय गरेकाे छ । तर क्षतिपूर्ति कति दिने भन्ने विषयमा भने शनिबार बिहान मात्र निर्णय गरिने प्रजिअ तामाङले बताउनुभएकाे छ ।
यही फागुन १३ गतेबाट लगातार रुपमा नागस्वती क्षेत्रका कुखुराहरु खोरै रित्तिने गरी मर्दै आएका थिए । कुखुरामा बर्ड फ्लू रोग निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरण गर्नका लागि मकवानपुर प्रशासनले रोक लगाएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।