च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बलिउड अभिनेतृ दीपिका पादुकोणको फिल्म ‘छपाक’ को फर्स्ट लूक सार्वजनिक भएको छ । चलचित्रमा दीपिकाको लूक हेर्दा दर्शकहरु आश्चर्यचकित भएका छन् ।
फिल्म ‘छपाक’ मा दीपिका पादुकोण एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको भूमिकामा निर्वाह गर्नेछिन् । दीपिकाको सार्वजनिक भएको लूकमा उनी लक्ष्मी अग्रावाल जस्तै देखिएकी छिन् ।
A character that will stay with me forever...#Malti
— Deepika Padukone (@deepikapadukone) March 25, 2019
Shoot begins today!#Chhapaak
Releasing-10th January, 2020.@meghnagulzar @foxstarhindi @masseysahib pic.twitter.com/EdmbpjzSJo
दीपिका पादुकोणले उनको सामाजिक सञ्जालमार्फत फिल्मको फर्स्ट लूक सार्वजनिक गर्दै आजदेखि फिल्मको छायांकन सुरु भएको जानकारी दिएकी छिन् । फिल्म ‘छपाक’ को निर्देशन मेघना गुल्जारले गरिरहेकी छिन् ।
यो फिल्म एसिड आक्रमणबाट पीडित भारतीय युवती लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । फिल्ममा लक्ष्मी अग्रवालले एसिड आक्रमणपछि भोगेका दुःख, संघर्ष र साहसकाे कथालाई देखाइनेछ । यो फिल्म सन् २०२० को जनवरी १० मा रिलिज हुने बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।