बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ–बिजुली, खानेपानीको सुविधा छ । कच्ची भए पनि गाउँसम्म सडक पुगेको छ । धार्मिक एवम् प्राकृतिक सौन्यर्दयले पनि धनी छ, लमजुङको सुन्दर बजार नगरपालिका–८ मा रहेको तार्कुकोट ।
ऐतिहासिक तथा धार्मिक महत्वको चण्डीमाईको मन्दिर, चण्डीगढी । बेसीमा सलल बगेकी मस्र्याङ्दी, दोर्दी, चेपे, पाउँदी अनि नाउँदी । समथर फाँट । सूर्योदय र सूर्यास्तको प्रत्यक्ष दृश्यावलोकन । थुप्रै हिमालको दृश्यावलोकन । यत्ति मात्र होइन, तार्कुकोटबाट लमजुङसहित तनहुँ, गोरखाका विभिन्न मनोरम दृश्यसमेत आँखै अगाडि देखिन्छन् ।
खेतीपातीका लागि उर्वर जमिन छ । पशुपालनका प्रशस्त चरन क्षेत्र छ । ग्रामीण पर्यटन विकासको उच्च सम्भावना पनि बोकेको छ तार्कुकोटले । तर गाउँमा मानिसको बसोबास निकै कम छ । आर्थिक रुपमा बलिया धेरै स्थानीयले तार्कुकोट छोडिसकेका छन् ।
आर्थिक रुपमा कमजोर केही स्थानीय मात्रै अहिले गाउँमा छन् । भएका युवाशक्ति पनि विदेश पलायन भएका छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् । बस्ती पातलिँदै छ । गाउँको उर्वर जमिनमा पाती, वनमारा फुलेर त्यसै खेर गएको छ ।
यहाँ गुरुङ, विक र ब्राह्मण समुदायको बसोबास रहेको छ । गाउँबाट बसाइँ सरी अन्यत्र गएकालाई गाउँमा भित्र्याउने लक्ष्यका साथ अहिले तार्कुकोट–कुसुण्डे–काफलश्वाँरा क्षेत्रलाई चिया पकेट क्षेत्रका रुपमा विकास गरिन लागिएको छ ।
यसका लागि तार्कुकोट चिया विकास तथा कृषि पर्यटन प्रवद्र्धन समिति गठन भइसकेको छ । तार्कुकोट क्षेत्रलाई चिया पकेट क्षेत्रको रुपमा विकास गर्ने निर्णयका साथ समिति अघि बढेको छ ।
तार्कुकोट चिया विकास समितिका सचिव भीमबहादुर कार्कीका अनुसार तार्कुकाट– कुसुण्डे–काफलश्वाँरा क्षेत्रका अधिकांश स्थानीय अन्यत्र बसाइँ सर्न थालेपछि गाउँ रित्तिदैँ गएको छ । खेतियोग्य जमिन बाँझै छन् ।
‘यस क्षेत्रलाई चिया पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ,’ उहाँले थप्नुभयो, ‘बाँझा जमिनको उपयोग हुन्छ । कृषिसँगै पर्यटनको विकास गर्न सकिन्छ । स्थानीयको आर्थिक स्तर माथि उकासिन सक्छ । गाउँ छोडी गएका पनि गाउँ फिर्ती हुन सक्छन् । त्यसैले हामीले चिया खेतीलाई नै प्राथमकिता दिएका छौँ ।’
स्थानीय जग्गाधनी र सरोकारवाला निकायका पदाधिकारीले यसै विषयमा विभिन्न चरणमा छलफल र तार्कुकोट–कुसुण्डे–काफलश्वाँरा क्षेत्रको स्थलगत अवलोकन समेत गरिसकेका छन् ।
सरोकारवालाहरुले तार्कुकोट चिया खेतीका लागि उपयुक्त ठाउँ रहेको बताएपछि स्थानीय १ सय ५ जना जग्गाधनीहरु चिया खेती गर्नका लागि सहमत भएका छन् ।
सुन्दरबजार कृषि क्याम्पसका सह–प्राध्यापक कृष्णबहादुर कार्कीले चिया खेतिका लागि सबैभन्दा पहिले माटो परीक्षण आवश्यक रहेको बताउनुभयो ।
सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष कृष्णकान्त अधिकारीले सबै एकजुट भएर कृषि, पर्यटनका विकास गर्न सकेमा उजाडिएको गाउँको मुहार फेर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।