चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव
पुस ११, २०८१ बिहिबार
रुपन्देही – श्रममन्त्रीको निर्देशनपछि बुटवलको चाँदबारीस्थित श्रम तथा रोजगार कार्यालय शुक्रबारदेखि बुटवलकै रामनगरमा सर्ने भएको छ ।
गएको फागुन २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निरीक्षण गर्ने क्रममा साँघुरो ठाउँमा भएका कारण सेवाग्राहीलाई समस्या हुने भएकाले पाँच दिनभित्र कार्यालय सार्न निर्देशन दिनुभएको थियो ।
गएको पुस १५ गतेदेखि चाँदबारीमा सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय साँघुरो ठाउँमा राखिएको कारण सेवाग्राहीले पटक पटक सेवा लिन असजिलो भएको गुनासो गर्दै आएका थिए । श्रम तथा रोजगार कार्यालय चाँदबारीबाट रामनगरमा रहेकाे व्यावसायिक तथा सीप विकास केन्द्रको भवनमा सर्न लागेको कार्यालयले बुधबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
कार्यालय सर्ने क्रममा यही चैत १५ गते कार्यालयबाट हुने काम बन्द गरिने सूचनामार्फत जानकारी गराइएको छ । कार्यालयका शाखा अधिकृत बालकृष्ण थापाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार कार्यालय सार्न लागिएको र यही चैत १७ गतेदेखि रामनगरस्थित व्यावसायिक तथा सीप विकास केन्द्रको भवनबाट सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।