खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
ओखलढुंगा – सुनकोसी गाउँपालिकाले मृत्युपछि गरिने संस्कार खर्च हरेक मृतक परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेश गरेको बजेट गाउँसभाबाट स्वीकृत गरेको हो ।
गाउँ सभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चवापत पाँच हजार नगद उपलब्ध गराइने उल्लेख छ । संस्कार, संस्कृति सकारात्मक पक्षलाई जोगाउन र अािर्थक स्तर कमजोर भएका व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्याला समेत तोकेको छ । गाउँ सभाले दैनिक ज्यालादारमिा तीन सय रुपैंयाभन्दा कम र मासिक रुपमा नौ हजारभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो । मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘विद्यालयमा समेत मासिक दुई हजारसम्म ज्याला दिएर शिक्षक राखेको पाइएपछि न्यूनतम ज्याला तोकिएको हो’ अधिकारीले भन्नुभयो ।
त्यस्तै, गाउँपालिकाले बच्चा जन्मेपछि स्याहार खर्च एक हजार दिने निर्णय गरेको छ । बच्चाको स्याहार गरेर बच्चा राख्न प्रोत्साहन गर्ने उद्देश्यले बच्चा जन्मेर जन्म दर्ता गरेपछि एक हजार दिइने नीति ल्याइएको प्रम्ख प्रशासकीय अधिकृत मदन बजगाइले बताउनुभयो । बजगाईँले भन्नुभयो– ‘व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन पनि बच्चा जन्मेपछिको स्याहार खर्च र मरेपछिको संस्कार खर्चले प्रोत्साहन गर्नेछ ।’ गाउँपालिकाले विद्यालयमा हरेक महिना विद्यार्थी स्वास्थ्य परिक्षण गर्ने लगायतका नीति तय गरेको छ ।
गाउँसभाबाट स्वास्थ्य, पूर्वाधार विकास, विद्युतीकरण, कृषिलगायतका क्षेत्रलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । वित्तिय समानीकरण तर्फ ७ करोड २३ लाख, सशर्त अनुदान १४ करोड ४५ लाख तथा राजश्व बाँडफाडबाट प्राप्त हुने ५ करोड ६४ लाख, चालु आवबाट खर्च हुँन बाँकी रकम १ करोड ५० लाख, प्रदेश सरकारको १ करोड ३३ लाख र आन्तरिक आय २० लाख गरि कुल २८ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटबारे विभिन्न समिति र कार्यपालिकाको बैठकमा छलफल चलिरहेको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।