अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर - हेटौंडामा सम्पन्न दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप २०७५ को उपाधि मकवानपुर –११ जितेकाे छ ।
प्रतियोगिताको फाइनल खेलमा क्यामरुनकाे दाउफिन्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै मकवानपुर ११ ले उपाधि जित्न सफल भएको हो । मकवानपुरका तर्फबाट दुवै गोल योगेश गुरुङले गर्न सफल भए । उनले खेलको ८ औं र ८१ औं मिनेटमा गरेको गोलले नै टिमलाई उपाधि जिताउन सफल भयो ।
यता दाउफिन्सका तर्फबाट खेलको चौथो मिनेटमा यानीको वानाले गोल गरेका थिए । त्यसपछी दाउफिन्सले कुनैपनि गोल गर्न नसकेकाले मकवानपुरे खेलाडीले आफ्नै खेलमैदानमा उपाधि जित्न सफल भए ।
विजयी भएसँगै मकवानपुर ११ ले आठ लाख रुपैयाँ नगद, शील्ड, पदक र प्रमाणपत्र हात पारेको छ । विजयी टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी दोस्रो हुने दाउफिन्सले नगद ४ लाख रुपैयाँ, शील्ड, पदक र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
सर्वाेत्कृष्ट खेलाडी घाेषित मकवानपुर ११ का गोलकिपर असोक बराललाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।