श्रीमती गर्भवती भएको भन्दै 'अप्रिल फूल' मनाउँदा जस्टिन बिबर आलोचित

 चैत २०, २०७५ बुधबार १६:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

पप गायक जस्टिन बिबरले 'अप्रिल फूल डे' (मुर्ख दिवस) का दिन सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको झुटो खबर सार्वजनिक गरेपछि यतिबेला उनी ट्रोलको शिकार भएका छन् । जस्टिनले अप्रिल १ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत अल्ट्रासाउण्डको एक तस्बिर शेयर गरेका थिए । त्याे तस्बिर सार्वजनिक भएपछि जस्टिनकी श्रीमती गर्भवती रहेको अनुमान लगाइएको थियो । 

त्यसपछि जस्टिनले त्यस मजाकलाई अझै अगाडि बढाउँदै श्रीमती हेली बाल्डविनले पेटमा हात राखेको तस्बिरहरु पोष्ट गरे । तस्बिरमा हेलीका साथमा २ जना चिकित्सकहरु पनि उभिएका छन् । तस्बिर हेर्दा लाग्छ कि हेली बाल्डविन गर्भवती छिन् । तस्बिरको क्याप्सनमा बिबरले लेखेका छन् ‘यदि तपाईं यो अप्रिल फूल हो भन्ने सोचिरहनु भएको छ भने  !’

तर जस्टिनको यस्तो मजाक अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने रुचाएनन् । उनीहरुले गर्भावस्था मजाकको विषय नभएको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बिबरलाई गर्भधारण गर्न नसकेका तथा बच्चा गुमाएका दम्पतिहरुप्रति असंवेदनशिल भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा झुठो गर्भावस्थाको खबर र अप्रिल फुल डे मनाउन बन्द गर्नुपर्ने भन्दै बिबरलाई ट्रोल गरिरहेका छन् । 

त्यसपछि जस्टिनले आफूले अप्रिल फूल डे मा व्यक्तिहरुलाई मुर्ख बनाउन खोजे पनि गर्भावस्थाको मजाक उडाउन नखोजेको बताएका छन् । साथै आफूले निःसन्तान दम्पतीहरुको भावनामा ठेस पुर्‍याउने मनसाय नरहेको पनि बताएका छन् ।

जस्टिनले यस्तो किसिमको मजाकले चित्त दुखाएका सम्पूर्ण व्यक्तिहरुसँग माफी पनि मागेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया