अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।
प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो ।
चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार शुक्रबार र शनिबार गरेर सिनेमाले झण्डै डेढ करोडको कारोबार गर्याे। शनिबार बिहानको शोमा खराब मौसमले चलचित्रको कारोबारमा असर पुगे पनि दिउँसो र बेलुकाको शोमा चलचित्रको कारोबार राम्राे भएको थियो ।
शनिबार गोपिकृष्ण मुभिजका ४ वटा हल, अष्ट नारायणका २ वटा ओटा हल, गुण सिनेमाका ३ वटा हल, काठमाण्डौका सबै मल्टिप्लेक्सहरुसँगै देशभरका हलहरु हाउसफुल रहे ।
आइतबार पनि चलचित्रको कारोबार आक्रामक नै रहेको निर्माता शाहीले जानकारी दिएका छन् । आइतबार बिहानै देखिको कारोबार हेर्दा चलचित्रले तीन दिनमा दुई करोड भन्दा माथिको कारोबार गर्ने पक्का भएको शाहीले बताएका छन् ।
उज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्काेटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।