लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ...
मंसिर ७, २०८१ शुक्रबार
करण जोहरको धर्मा प्रोडक्शन कम्पनीले भारतीय पर्वतारोही अरुणिमा सिन्हाको बायोपिक बनाउने तयारी गरिरहेको छ । यस फिल्ममा अभिनेत्री आलिया भट्टले मुख्य भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको छ । अभिनेत्री आलिया भट्ट स्वयमले आफू अरुणिमा सिन्हाको भूमिका निर्वाह गरिरहेको पुष्टि गरेकी छिन् । फिल्मको निर्देशन फिल्म ‘मसान’ फेम निर्देशक नीरज घेवनले गर्नेछन् ।
आलियाले निर्देशक निरज घेवनकासाथ भेट भइसकेको र आफू यस फिल्मको भूमिकाको लागि निकै नै उत्साहित रहेको बताएकी छिन् । साथै यो बायोपिकको कहानी निकै नै प्रेरणादायी रहेकोले यो कहानी दर्शक समक्ष पुर्याउन जरुरी रहेको पनि बताएकी छिन् । यस फिल्मको काम अर्को वर्षदेखि सुरु गरिनेछ । अभिनेत्री आलियाले फरक–फरक धारका फिल्ममा काम गर्ने अवसर पाइरहेकोमा आफू निकै भाग्यशाली रहेको प्रतिक्रिया दिएकी छिन् ।
को हुन अरुणिमा सिन्हा ?
सानै उमेरमा खेलमा रुची भएकी अरुणिमा भलिबल खेलाडी पनि हुन् । २४ वर्षको उमेरमा ट्रेनमा यात्रा गर्ने क्रममा लुटेराहरुले उनको घाँटीको सिक्री र झोला खोसेर ट्रेनबाट बाहिर फालिदिएका थिए । रेलवे ट्रयाकमा लड्दा उनको बाँया खुट्टा ट्रेनले कुल्चिदिएको थियो ।
दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएकी अरुणीमाले खेल करियर छोडेर सगरमाथा चढ्ने निधो गरिन् । उनको आत्म विश्वास र शाहसले सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण सफल भइन् । सन् २०१५ मा अरुणिमालाई भारतीय सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो ।
अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘कलंक’ यही अप्रिल १७ मा रिलिज हुँदैछ । यस बाहेक अभिनेता रणबिर कपूरका साथ फिल्म ‘ब्रम्हास्त्र’ मा पनि आलियाको मुख्य भूमिका रहनेछ । आलियाका बुवा महेश भट्टले निर्माण गर्दै गरेको उनको सुपरहिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ पनि आलियाको अभिनय रहनेछ ।
यस्तै सञ्जय लीला भन्सालीले निर्माण गर्ने फिल्म ‘इन्शाअल्लाहमा अभिनेता सलमान खानका साथ स्क्रिन शेयर गर्नेछिन् । साथै ‘बाहुबली’ फेम एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा पनि आलिया मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भइसकेकी छिन् । यतिबेला आलिया भट्ट बलीउडकी चर्चित तथा व्यस्त अभिनेत्री हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।