आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
पर्वत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानका क्रममा पाँच बालबालिकालाई आफैले भर्ना गर्नुभएकाे थियाे ।
आफूले अभिभावकत्व ग्रहण गरेर भर्ना गराएका ती बालबालिकालाई उहाँले पोशाक, स्टेशनरी सामग्री र नगद रकम सहयोग गर्नुभएको छ ।
आइतबार गृह जिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले बालबालिकालाई निरन्तर सहयोग प्रदान गर्ने क्रममा बालबालिकालाई सामग्री र खर्चबापत रकम दिनुभएको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ वर्षीया सुहानी नेपालीलाई आगामी शैक्षिकसत्रको सुरुमा लाग्ने सबै खर्च र पोशाकसहित अभिभावक र विद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
आवश्यक सामग्री, पोशाक र नगद हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘वर्षमा दुई वा तीनपटक अभिभावक र विद्यार्थीलाई भेटेर सहयोग गर्दै आएको छु ।’
उहाँले भन्नुभयो, ‘विद्यार्थीको पठनपाठनमा सुधार आएको र नियमित विद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ ।’
उहाँले बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै राम्रोसँग पढ्न र खर्चको चिन्ता नगर्न आश्वासन पनि दिनुभयो ।
सुहानीलगायत पर्वतको तिलहारस्थित नवजागृत माविमा अध्ययनरत अनुप जिसी र देउपुर नमुना आवासीय माविमा अध्ययनरत निकिता क्षेत्रीलाई पनि उहाँले यस वर्षको शैक्षिक सत्रका लागि आवश्यक नगद आइतबार नै हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गएकाे वर्ष विद्यालयमा भर्ना गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।