जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
धनुषा - मिथिलाञ्चलमा बिहीबार चैते छठपर्व धुमधाम सँग मनाइँदैछ ।
चार दिनसम्म मनाइने चैते छठ पर्वको तेश्रो अर्थात मु्ख्य दिन आज साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । अहिले जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरुमा चैते छठ पर्व हेर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
कार्तिकमा मनाईने छठ पर्व जत्तिकै संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि बिस्तारै चैती छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।
खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसेर साँझपख षष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न प्रकारका फलफुल चढाइने गरिन्छ ।
पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा अगाडिदेखि नै ब्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।
अर्घमा मुला, उखु, भण्टा, ठेकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घपछि रातभर ब्रतालुहरु जाग्राम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमीका दिन उदाउँदाे सूर्यलाई अर्घ दिइ पर्वको समापन गर्ने चलन छ ।
चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहिआएको छ ।
धार्मिक आस्था, विश्वास तथा सद्भावको रुपमा मनाइने यो पर्व केही वर्ष अघिसम्म मारवाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर बर्सेनि यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।