जनकपुरले सुदूरपश्चिमलाई दियाे १ सय ४० रनकाे लक्ष्य
पुस ३, २०८१ बुधबार
धनुषा - धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल जिउमा खन्याएर जलाएका छन् ।
धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । गएकाे वैशाख ५ गते दिउँसो घरमा कोही नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।
आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी छन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतलामा भर्ना गरिएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएकाे छ ।
निर्मलाको १० महिनाअघि मात्र सामाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।
मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । घरमा कोही नभएको मौका छोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातखुट्टा बाँधी बाकसमा रहेको कपडाहरु निकालेर जिउमा राखी मट्टीतेल छर्केर आगो लगाएको निर्मलाका दाइ राकेश यादवले बताउनुभयो ।
आगो लगाएपछि निर्मला जोडजोडले चिच्याउँदा छरछिमेकहरुले उद्धार गरेको तर त्यतिबेलासम्म निर्मलाको शरीर अधिकांश भाग जलिसकेको राकेशले बताउनुभयाे ।
वैशाख ५ गतेको दिन बिहान मुकेश र निर्मलाबीच झगडा भएको र त्यही झोँकमा निर्मलालाई मट्टीतेल छर्केर आगो लगाइ मार्ने प्रयास गरेको हुन सक्ने स्थानीयहरुको भनाइ छ ।
घटनापश्चात मुकेश फरार भएका छन् । माइती पक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराउनु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।