सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाको पशु सेवा शाखाले सुन्दरबजार नगरपालिका–७, पाउँदीमा रहेको दशरथ गाईपालक समूहलाई ७५ प्रतिशत अनुदानमा दुग्ध चिस्यान उपकरण ‘चिलिङ भ्याट’ प्रदान गरेको छ ।
२ लाख ४५ हजार मूल्य पर्ने ‘चिलिङ भ्याट’ यस समूहले अनुदानस्वरुप ६० हजार रुपैयाँमै पाएको छ ।
किसानहरुले संकलन गरेको दूध नबिग्रियोस् र किसानलाई मार नपरोस् भन्ने उद्धेश्यले नै दशरथ गाईपालक समूहलाई दूध चिस्यानका लागि अनुदानमा ‘चिलिङ भ्याट’ उपलब्ध गराइएको सुन्दरबजार नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. शुलव चौधरीले जानकारी दिनुभयो ।
दशरथ गाईपालक समूहका अध्यक्ष धु्रवराज पोखरेलका अनुसार समूहमा २९ जना व्यावसायिक गाईपालक किसान आबद्ध छन् ।
किसानले उत्पादित दूध सामूहिक रुपमा संकलन गर्दै आएका छन् ।
‘यस समूहमा हामी २९ जना किसान आबद्ध छौँ । हामीहरुले व्यक्तिगत रुपमा गाई पाल्दै आएका छौँ । उत्पादित दूध हामी एकैठाउँमा संकलन गर्ने गरेका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार दैनिक ६ सय ७० देखी ६ सय ८० लिटरसम्म दूध संकलन हुने गरेको छ । संकलित दूधबाट उनीहरुले दूधका विभिन्न परिकार बनाएर बेच्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।