हेमन्तप्रकाश वलीसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

 वैशाख १०, २०७६ मंगलबार १९:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – जिल्ला अदालत, ललितपुरले विप्लव नेतृत्वको नेकपाका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको आरोपमा हेमन्तसहित शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायतलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । 

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट चैत २७ गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको थियो ।

गएको चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट उनलाई पक्राउ गरेको थियो । 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया