दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
सप्तरी - सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् ।
स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा उनकाे खाेजी गरिरहेका छन् ।
खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै नभेटेपछि आरतीका बुबा विष्णुदेवले भन्नुभयोे, ‘घरबाट निस्केको यतिका दिन भयो, कसैको सम्पर्कमा पनि छैन । अब कहाँ जाउँ ?’
कठौना बजार कपडा किन्न जान्छु भनेर चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्किएपछि घरमा चुलो बल्न छोडेको आरतीका दाजु कृष्ण कुमार सरदारले बताउनुभयो । उहाँले बहिनीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, मानव अधिकारकर्मी, प्रहरी प्रशासनलगायतलाई आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।