दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलियाे

 फागुन ८, २०८१ बिहीबार १५:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – काठमाण्डाैकाे दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलिएको छ । हिजो बेलुका ५ बजेदेखि डढेलो लागेको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्णरूपमा निभाउन सकिएको छैन । नगरपालिकाको वडा नम्बर ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको तथा यसले ३० हेक्टरभन्दा बढी वन क्षेत्र जलिसकेको उहाँले बताउनुभयो ।

अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् । सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना टरेको मेयर बस्नेतकाे भनाइ छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया