आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा बङ्गलादेशले टस जितेको छ । दुबईमा बङ्गलादेशका कप्तान नजमुल होसेन शान्तोले टस जितेर पहिले ब्याटिङ रोजेका छन् ।
याे खेलमा बङ्गलादेशकाे टाेलीमा कप्तान शान्ताेसँगै तन्जिद हसन, साैम्य सरकार, त्वहिद हृदाेय, मुश्फिकर रहिम, मेहदी हसन मिराज, जकेर अली, रिशद हाेसेन, तन्जिम हसन सकिब, तस्किन अहमद र मुस्ताफिजुर रहमान छन् ।
यस्तै भारतकाे टाेलीमा कप्तान राेहित शर्मासँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पान्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, हर्षित राना, माेहम्मद शमी र कुलदीप यादव छन् ।
यसअघि हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेको छ । न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले हरायाे ।
१९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोली सहभागिता छन् । भारतका खेल भने दुबईमा हुनेछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल आउँदो मार्च ९ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।