सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्जु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताउनुभएको छ ।
मन्त्री बस्नेतले त्यसका लागि कानूनी, नीतिगत तथा संरचनागत परिवर्तन गर्न लागिएको बताउनुभयो । वन्यजन्तुको संरक्षण गर्दा मानव हितलाई सर्वोपरि ठानेर काम गर्ने मन्त्रालयको नीति रहेको भन्दै उहाँले त्यसै अनुसार कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभयो ।
‘वन र वन्यजन्तुभन्दा पहिला मान्छेको संरक्षण गर्ने सरकारको दायित्व हो’, चौथो भूकम्प दिवसको अवसर पारेर दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर हस्तान्तरण कार्यक्रममा बस्नेतले भन्नुभयो, ‘सरकार त्यसका लागि कानूनी, नीतिगत र संरचनागत सुधकारको काममा लागेको छ ।’
उहाँले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो । संरक्षण मात्रले जनताको जीवनमा समृद्धि नल्याउने भन्दै उहाँले त्यसबाट प्राप्त लाभको समन्यायिक वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संरक्षणले जनतालाई लाभान्वित गर्न नसके त्यसको औचित्य नहुनेसमेत उहाँले स्पष्ट गर्नुभयो ।
पछिल्लो समय वन क्षेत्रको संरक्षण प्रभावकारी भएसँगै बाँदर, बँदेलजस्ता वन्यजन्तुको संख्यामा वृद्धि भएकाले किसानहरुले कष्ट भोग्नुपरिरहेको विषयमा सरकार जानकार रहेको र त्यसको निराकरणका लागि कामसमेत सुरु गरिसकिएको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा मन्त्री बस्नेतले कारितास नेपाल नामक गैह्रसरकारी संस्थाले सरकारसँगको सहकार्यमा निर्माण गरेको ७ सय ३ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।