सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरु निष्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मनोहरा विद्यानगर सेवा समाजले शनिबार काठमाण्डाैमा आयाेजना गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताउनुभएको हो ।
निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनीय बनाएर मात्रै मुलुकमा सशासन कायम हुनसक्ने भन्दै उहाँले सम्पूर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गर्नुभएकाे हाे ।
निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्ने तर्क गर्नुभयो ।
उहाँले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो । उहाँले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।