श्रीलंका विस्फोट : आत्मघाती हमलाका मुख्य अभियुक्तका बुवा र भाइको पनि मृत्यु

 वैशाख १६, २०७६ सोमबार ९:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - श्रीलंकामा भएको आत्मघाती हमलाका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन् । सुरक्षा कारवाहीमा हाशिमकाे आमाको पनि ज्यान गएको त्याहाँको प्रहरीले जनाएको छ । 

गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मुटभेटका क्रममा मुख्य अभियुक्त हाशिमका बुवा र भाइले आफैले बोकेको बम विस्फोट गराउँदा उनीहरुकाे ज्यान गएको पनि प्रहरीले जनाएको छ ।

मुख्य अभियुक्त हाशिमको भने गएको आइतबार कोलम्बोको एक होटलमा भएको आत्मघाती हमलामा मृत्यु भइसकेको छ । उनी इस्लामिक समूह नेशनल तौहीद जमात (एनटीजे) को नेता थिए । घटनापछि सरकारले अहिले यो संगठनलाई प्रतिबन्ध लगाइसकेको छ । 

त्याहाँको प्रहरीले कट्टनकुडीको पूर्वी इलाकामा रहेको यो समूहको मुख्यालयमा छापामारी गर्ने क्रममा उनका बुवा र भाइको ज्यान गएको हो । छापामारी गर्न पुगेको प्रहरीमाथि उनीहरुले हमला गरेका थिए । त्यही क्रममा मुख्यालयमा रहेका तीन जनाले आफैले बोकेको बम विस्फोट गराएको र त्यसका कारण १५ जनाको ज्यान गएको पनि प्रहरीले जनाएको छ । जसमा छ जना बच्चा र तीन जना महिला परेका थिए । 

गएको आइतबार देशका विभिन्न ठाउँमा भएको आत्मघाती हमलामा झण्डै २ सय ५० जनाले ज्यान गुमाएका थिए । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया