दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
सप्तरी - सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ वर्षीय बालक अपहरणमा परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले बताएका छन् ।
राजविराजमा रहेकाे ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक जन्ती गएको बेला राति नै अपहरणमा परेको भन्दै उद्दार गरिदिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आईतबार उजुरी समेत दर्ता गराएका छन् ।
छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला राति नै अपहरण गरेको हुन सक्ने अनुमान पिडितका आफन्तजनले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।