सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ- पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गा विवादबारे गम्भीरतापूर्वक छानबिन गरी भ्रष्टाचारको जरो उखेल्न सरकारलाई सुझाव दिनुभएको छ ।
सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उहाँले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगतमा सरकारको नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उहाँले छानबिनबाट दोषी देखिए आफू दण्ड भोग्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, सार्वजनिक सम्पत्तिको दोहन, वाईडबडी प्रकरण, तारागाउँ, बूढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठम्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।
सत्तारुढ दल र प्रतिपक्षी दल सबैमाथि भ्रष्टाचारको औंला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने उहाँले बताउनुभयो । ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरी भ्रष्टाचारको जरो उखेल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, 'व्यक्तिको नियत मात्र ठिक भएर हुँदो रहेनछ । यसको गम्भीरतापूर्वक छानबिन गरियोस् । हाम्रो संस्थाहरु कति बेकम्मा रहेछन् ? यदि यसमा कसैको पनि नियतवश संलग्नता आउँदो रहेछ भने हामीले दण्ड दिनुपर्छ र म दण्ड स्वीकार्न तयार छु ।'
टुँडिखेलमा नाङ्गो ढंगले अतिक्रमण गर्ने काम भएको भन्दै उहाँले समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले संसद कहिलेकाहीँ मणि हराएको नाग जस्तो, कस्तुरी हराएको मृग जस्तो हुने गरेको भन्दै संसदको भूमिकालाई जीवन्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।