नेकपासँगकाे सहकार्य ताेड्न सक्ने फाेरमकाे चेतावनी

 वैशाख १६, २०७६ सोमबार १९:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय समाजवादी फोरमका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधनको माग सम्बोधन नभए पार्टी सरकारबाट बाहिरीन सक्ने चेतावनी दिनुभएको छ । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारमा सामेल हुँदा संविधान संशाेधन सम्बन्धी दुई बुँदे सहमति गरेको स्मरण गराउदै त्यसबारे १ वर्ष सम्म कुनै कदम नचालिएकोमा सरकारप्रति आक्रोश पोख्नुभएको हो ।

उहाँले संविधान संशाेधनको एजेण्डा सम्बोधन नभए नेकपासँगको सहकार्य टुट्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, 'यदि संविधान संशोधनको कुरालाई बेवास्ता गरिन्छ र त्यसलाई अगाडि बढाउन सरकार तत्पर हुँदैन भने हामी आन्दोलनको मैदानबाट संसद र संसदबाट सरकारमा हाम्रा एजेण्डाहरुलाई पुर्‍याउने हिसाबले गएको हो । यदि त्यो कुरा हुँदैन भने वर्तमान नेपाल कम्युनिष्ट पार्टीसँगको सहकार्य टुट्न पनि सक्छ । यो कुरालाई सरकारको नेतृत्व गर्ने पार्टीले समयै ध्यान देओस् ।'

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया