सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओली दुर्वशा ऋषि बनेको आरोप लगाउनुभएको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयाे ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो ।’
भूमाफियाहरुले सबै सेटिङ मिलाएबापत नेकपाका महासचिव विष्णु पौडेललाई बालुवाटारको जग्गा बकस दिएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले सुनेको उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सार्वजनिक रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको एक टुक्रा जग्गा पनि कसैलाई अपचलन गर्न नदिने बताउनुभयाे ।
उहाँले बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको नाममा बढी हल्ला गर्न आवश्यक नरहेको टिप्पणी पनि गर्नुभयो । कुनै पनि व्यक्तिले जग्गा किनबेच गर्न पाउने अधिकार अन्तर्गत नै उहाँले जग्गा किनेको भन्दै नेता पौडेलले महासचिव पाैडेलकाे बचाउ गर्नुभयाे ।
यस्तै राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । देशमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता बढ्नुको साथै सबै क्षेत्रमा माफियाहरु सक्रिय रहेको भन्दै उहाँले सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।