कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास
पुस १३, २०८१ शनिबार
पर्वत - बुधबार दिउँसो एक्कासी आएको ठूलो हावाहुरीका कारण पर्वतका विभिन्न स्थानीय तहमा सञ्चालित दर्जन विद्यालयमा क्षति पुर्याएको छ ।
विद्यालयको छानो उडाउँदा बालबालिकाको पढाइ प्रभावित बनेको छ । हावाहुरीका कारण पर्वतको कुश्मा नगरपालिका-१२, ठूलीपोखरीमा रहेकाे जनज्योति प्राविको चार कोठे भवनको पुरै छाना उडाएको छ भने मोदी गाउँपालिका २ देउपुरमा सञ्चालित जननेत्र मावि, कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा सञ्चालित एउटा प्राथमिक विद्यालयलगायत विभिन्न स्थानका विद्यालयहरुमा क्षति पुगेको छ ।
बुधवार अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेका कारण मानवीय क्षति हुन नपाएको जननेत्र माविका शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठन पाठन सञ्चालन गर्न समस्या हुने भएको छ ।
पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाइरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा पनि हावाहुरीका कारण बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
त्यस्तै जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठूलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशीलाको लुंखुदेराली लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठुलो क्षति पुगेको बताउनुभयो । उता दक्षिण पर्वतको विहादी, महाशीला, पैंयु र फलेबास नगरपालिकाका विभिन्न वडाहरुमा पनि हावाहुरी र असिनापानीले क्षति पुर्याएकोछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।