सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि नभएको दाबी गर्नु भएको छ ।
नेता ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको पनि बताउनुभयो । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
नेता ठाकुरले मधेशका नागरिकलाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा आपत्ति पनि जनाउनुभयो । उहाँले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न पनि गर्नुभयो । मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ । ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ', नेता ठाकुरले थप्नुभयो, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश भयो ?’
नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भैरहेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले राज्य झनै निरंकुश भन्दै गएको अनुभूति भैरहेको पनि बताउनु भयो ।
‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भैरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ’ भन्न नमिल्ने नेता ठाकुरको भनाइ छ । उहाँले संविधानमा आफूहरुको सहमति नरहेको पनि दोहोर्याउनु भयो । नेता ठाकुरले यो संविधानले नागरिकको मतबाट निर्वाचित आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई अपराधी करार गरेको दाबी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।