सरकारकाे नीति तथा कार्यक्रमले जग हँसायाे : कांग्रेस सांसद यादव

 वैशाख २३, २०७६ सोमबार १२:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेकपाकी सांसद रेखा शर्माले धेरै सकारात्मक विषय समेटिएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गर्नुभयो ।

दुई देशीय कनेक्टिभिटी, नेपालीकै स्वामित्वम जलविद्युत् उत्पादन गर्ने, नागरिक आरोग्य कार्यक्रम र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायत निकै सकारात्मक कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको भन्दै उहाँले अब कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद सीता देवी यादवले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको टिप्पणी गर्नुभयो । गत वर्ष सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीका लागि लक्षित भई कुनै पनि कार्यक्रम आउन नसकेको भन्दै उहाँले यस वर्षको नीति तथा कार्यक्रम पनि नागरिकको हितमा नभएको बताउनुभयो ।  

उहाँले नीति तथा कार्यक्रम गाईजात्रे पुस्तिका जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, 'धेरै वर्ष पहिला सुरु गरिएका विकास निर्माणका कामलाई उपलब्धि ठानेर आफ्नो प्रशंसा करिब २५ मिनेट समय खर्चिनु केबल आत्मरतिमा रमाउनु बाहेक केही होइन । १० वर्ष पहिला चलेको स्टिमरलाई उपलब्धि ठान्नु, ८० वर्ष अघि चलेको रेललाई आफ्नो सरकारले चलाएजस्तो भन्नु, आफ्नै स्याटेलाइटलाई सूचना भन्नु , एक जना महिलाको उद्धारको कुरालाई, एउटा झोलुङ्गे पुल बनाएर स– साना काम देखाएर सरकारको एक वर्षको असफलतालाई ढाकछोप गर्ने सरकार जनतामा पुगेको छ ।'

कुनै पनि नयाँ र श्रृजनशील नीतिहरु प्रस्ताव नगरिएको यादवले बताउनुभयो । सरकारले गत वर्ष सम्मानजनक र मर्यादित रोजगारीको अवसर श्रृजना गर्न नसक्ने सरकारले आगामी वर्ष ५ लाख रोजगारी श्रृजना गर्ने भनेर जग हँसाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले संघीयतालाई संस्थागत गर्ने र प्रेस स्वतन्त्रतालाई बलियो बनाउने कुनै पनि कार्यक्रम नभएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने विषय संशोधन गर्नुपर्ने माग गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो ।

संविधान संशोधन नगर्ने हो भने सम्मृद्धिको सपना कोरा कल्पना हुने भन्दै संविधान संशोधन र राजनीतिक मुद्धालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले कुनै पनि क्षेत्र विशेषलाई प्राथमिकतामा राख्न नसकेको तर्क गर्नुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया