६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
संखुवासभा – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का संखुवासभा इञ्चार्ज देव गुरुङसहित चार जना कार्यकर्ताहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत संखुवासभाले जिल्ला इञ्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कार्कीले बताउनुभयो । उनीहरुमाथि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको, संगठित अपराध, सार्वजनिक सम्पत्तिमाथि आगजनी र अवैध हातहतियारसहितको मुद्धा दायर गरिएको छ ।
प्रहरीले संखुवासभा जिल्लाका साथै विभिन्न फरक–फरक स्थानबाट विप्लव समूहका ९ जना कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला इञ्चार्ज गुरुङ र सुनिता राईलाई काठमाण्डौबाट पक्राउ गरेको थियो भने अन्य कार्यकर्ताहरु विभिन्न समयमा फरक–फरक ठाउँबाट पक्राउ परेका थिए ।
पोलिटब्यूरो सदस्यलाई उच्च अदालत पठाइयो
नेत्रविक्रम चन्द नेकपा (विप्लव समूह)का पोलिब्यूरो सदस्य मोहन कार्की जीवन्त)लाई उच्च अदालत विराटनगर पठाएको छ । उहाँ केहीसमय अघि ललितपुर जिल्लाबाट पक्राउ पर्नु भएको थियो । त्यसका साथै विप्लव समूहका पाँचखपन नगरपालिका नगर इञ्चार्ज भीम राई (ज्वाला) केही समयअघि नै पुर्पक्ष कारागार चलान भइसक्नु भएको छ ।
उहाँ एक महिनाअघि पाँचखपन नगरपालिकाबाट नै पक्राउ पर्नुभएकाे थियो । नगर कमिटीका इञ्चार्ज राईले १० हजार धरौटी नबुझाएकाले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।