बालुवाटार जग्गा विवादमा दाेषी देखिए जुनसुकै सजाय भाेग्न तयार छु : नेकपा महासचिव पाैडेल

 वैशाख २३, २०७६ सोमबार १५:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार भएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफू दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानalन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु । म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु ।'

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफूलगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा  माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराईलगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफूले स्वागत गर्ने बताउनुभयो ।   

यसअघि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्दै दोषी ठहर भए आफू सजाय भोग्न तयार भएको अभिव्यक्ति दिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया