’डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएकाेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि असान्दर्भिक टिप्पणी’

 वैशाख २९, २०७६ आइतबार १३:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएका कारण बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगत्तै आफ्नो धारणा राख्न रोस्ट्रम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताउनुभएको हो । उहाँले सन् १९ सय ८० को दशकको प्रसंग उल्लेख गर्दै उहाँले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘१९८० को दशकमा पूर्व कम्युनिष्टहरुपनि जुन देशमा क्रान्ति गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडर्निष्ट भिउजहरु त्यस सिलसिलामा जन्म भए’, उहाँले थप्नुभयाे, ‘राइटिस्टहरुभित्र पनि एक खालका राइटिस्टबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराहरुबाट त्यो निर्देशित थिएनन् । वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयं डाक्टर साबमा पनि व्यक्त हुन्छ ।’

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्दर्भिक नभएको दावी पनि सांसद पाण्डेले गर्नुभयो । उहाँले  बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अन्तरप्रदेशको समन्वय गर्ने गरी स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया