सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको उल्लेख गर्दै संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिनुभएको हो ।
आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उहाँले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दाेलित पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने दोहोर्याउनु भयो ।
सभापति देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी पनि गर्नु भयो । उहाँले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ? भनी सञ्चारमन्त्री बाँस्कोटालाई प्रतिप्रश्न पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरीतका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।