काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
रोल्पा - जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र त्यसै गाउँपालिकाका सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट बिहीबार पक्राउ गरेको छ ।
कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । पक्राउ परेका नेताहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।